बुटवल । सम्झौता अवधिमा कल्भर्ट नबनाएपछि बुटवलका एक वडाध्यक्षले निर्माण व्यवसायीको एक्साकाभेटरमा ताला लगाइदिएका छन् । बुटवल–१५ का वडाध्यक्ष शिव रानाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएका हुन् ।
बुटवलको तामनगर–फर्साटिकर सडकखण्ड अन्तर्गत बुटवल–१५ सेमलारमा कल्भर्ट निर्माणको जिम्मा पाए पनि काम पूरा नगरेकाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएको रानाले बताए । उक्त सडक खण्डमा चार वटा कल्भर्ट निर्माणका लागि महेश इन्जिनियरिङ सत्यवतीले २ करोड ९९ लाख रुपैयाँमा ठेक्का पाएको थियो । गत असार मसान्तसम्म काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।