दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर किशोरी शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका १३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए । वडा अध्यक्ष मोहन पौडेलका अनुसार उनीहरु तीन दिनअघि साँझ घरबाट हराएका थिए । उनीहरुको शव आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको हो । घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।