Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

एउटै खाल्डोमा भेटिएका रोसनी र सरदको सँगै अन्त्येष्टि

spot_img
spot_img

दाङ । दाङमा खाडलमा पुरिएको अवस्थामा फेला परेका किशोर किशोरीको अन्त्येष्टि गरिएको छ। उनीहरुको शव पोष्टमार्टमपछि मंगलबार अन्त्येष्टि गरिएको हो। सितलापुरस्थित बबइ नदीको घाटमा दुवै जनाको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँको जंगलमा सोही वडाका १५ वर्षीया रोसनी महतरा क्षेत्री र १४ वर्षका सरद आचार्यको शव खाडल खनी पुरिएको अवस्थामा फेला परेको थियो। उनीहरुको शव आज विहान राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिएको थियो।

पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाइएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी पुष्पविक्रम मल्लले जानकारी दिए।पोष्टमार्टमको रिपोर्ट आउन केही दिन लाग्ने बताइएको छ।रोसनी तुल्सीपुर १३ दमारगाउँकै हुन्। दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भएका सरद तुल्सपुरको दमारगाउँस्थीत मामाघर बस्दै आएका थिए। असोज २७ गतेदेखि बेपत्ता भएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?