Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

गठबन्धनलाई असहयोग गर्ने गण्डकीका मन्त्री खड्का बर्खास्त

spot_img
spot_img

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्। मंसिर ४ मा हुन लागेको संघीय र प्रदेश निर्वाचनमा सत्ता गठबन्धनलाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो।

गठबन्धनका उमेदवार तथा प्रदेशका मुख्यमन्त्री नेपाली र कानुनमन्त्री बिन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो।

खड्काले मंसिर ४ को चुनावका लागि टिकट नपाएपछि कांग्रेस नेतृत्वमाथि आक्रोश पोखिरहेका थिए। आफूले टिकट नपाएपछि कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई पनि उनले असहयोग गरेको आरोप थियो। 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?