बुटवल । प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तरगत गुल्मी जिल्लाको क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ ।मतगणनामा एमालेका गोकर्ण विष्टले सुरुआती अग्रता कायम गरेका छन् । विष्टको इस्मा गाउँपालिकाबाट बेलुकी ५ बजेबाट मतगणना सुरु गरिएको थियो । वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ ।
प्राप्त मतपरिणामअनुसार विष्टले १६७७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट एकीकृत समाजवादीकी उमेदवार रामकुमारी झाँक्रीले १३१६ मत ल्याएकी छन् । गुल्मी क्षेत्रनम्बर–२ मा १ लाख ४ हजार ३२७ मतदातामध्ये ५८ हजार ७७३ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा ५६ प्रतिशत मत खसेको थियो ।