Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

दुई मन्त्रीसहित लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए शपथ

spot_img
spot_img

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेशको राजधानी देउखुरीमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरिलाई शपथ गराएका हुन्। 

बुधबार शेरचनले एमाले लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता गिरिलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। 

गिरिसँगै २ जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन्। एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी लुम्बिनी प्रदेशको मन्त्री बनेर सपथ ग्रहण गरेका हुन्। दुवै जनाको मन्त्रालय तोकिएको छैन। 

माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री बन्ने चर्चा चलेको थियो। तर रोजेको मन्त्रालय नपाएको र बिनाविभागीयमा बस्न नमानेकाले आज मन्त्री बनेनन्।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?