Sunday, September 8, 2024

ट्रेन्डिङ :

राष्ट्रिय क्रिकेट टीमका आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ

काठमाडौं । नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम पक्राउ परेका छन् । आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी स्रोतले बताएको छ ।

स्रोतका अनुसार उनीहरू दुवैलाई जहाजबाट काठमाडौं ल्याइँदैछ । काठमाडौंमा हालै सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवैजनालाई काठमाडौं ल्याएसँगै औपचारिक जानकारीसहित अनुसन्धानसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने स्रोतको भनाइ छ ।

मेहबुब टी-२० लिगताका फिक्सिङको समाचार बाहिरिएलगत्तै भारत गएको चर्चा थियो । आदिल अन्सारीलाई कमेन्टेटर सचिन तिमिल्सिनाले फिक्सिङबारे सामाजिक सञ्जालमा लाइभ भिडिओमा बताउँदै नेपाली अलराउण्डर भनेर संकेत गरेका थिए । पूर्वअलराउण्डर मेहबुब आलमको नाममा एकै खेलमा १० विकेटको कीर्तिमानसमेत छ । आदिल भने राष्ट्रिय टीमका उदीयमान अलराउण्डर हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?