Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

सडक डिभिजन बुटवलले १२ कम्पनीलाई सोध्यो– ठेक्का किन नतोड्ने ?

spot_img
spot_img

काठमाडौं । सडक डिभिजन कार्यालय बुटवलले काम सन्तोषजनक नभएका १२ वटा निर्माण कम्पनीसँग ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको छ । बिहीबार सूचना प्रकाशित गर्दै सडक डिभिजनले ठेक्का तोड्न नपर्ने कारण भए १५ दिनभित्र पेस गर्न भनेको छ । विश्वसनीय स्पष्टीकरण र अबिलम्ब निर्माण सम्पन्न गर्ने यथेष्ट कार्ययोजनासहित कार्यालयमा उपस्थित हुन सडक डिभिजन कार्यालयले सूचना जारी गरेको छ । विश्वसनीय स्पष्टीकरण नभए थप प्रक्रिया अगाडि बढाइने सडक डिभिजनको चेतावनी छ ।

१५ दिने स्पष्टीकरण सोधिएका कम्पनीहरुमा बिरुवा कन्स्ट्रक्सन प्रालि काठमाडौं, द कन्चनजंघारबिरुवा जेभी काठमाडौं, मृत संजिवनी निर्माण सेवा प्रालि हेटौंडा, बोखिम शान्ति जेभी काठमाडौं, निलगिरि-नेशनल जेभी काठमाडौं, खाम्पाचे शेर्पा निर्माण सेवा प्रालि काठमाडौं छन् ।

यसैगरी चण्डी÷सिद्धबाबा जेभी रुपन्देही, थापा कन्स्ट्रक्सन प्रालि नवलपरासी, समिर–मर्चवार जेभी रुपन्देही, मजदुर कन्स्ट्रक्सन सुर्खेत, सफिक निर्माण सेवा रुपन्देही र वाइड एंगल निर्माण सेवा भक्तपुरलाई पनि स्पष्टीकरण सोधिएको छ ।

ती कम्पनीहरुले बेलहिया–बुटवल सडक, तिनाउ नदी–मैनिहवा, दानव नदी पुल–छपिया बजार, भुमही खोला पुल–पेपरमिल बाइपास रोड, भैरहवा परासी भुमही सुनौली बाइपास, धागो कारखाना योगीकुटी तामनगर सडक, राजमार्ग चौराहा मेडिकल कलेज योगिकुटी तपाहा लाइन शिवपुर तिलोत्तमा सडक, बुटवल कोठी र चिडियाखोला सिद्धबाबा सडकखण्डमा काम गर्ने जिम्मा पाएका थिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?