बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु खराब तर कार्यकर्ताहरु असल रहेको बताएका छन् । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत तिलोत्तमामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले दुबै पार्टीका कार्यकर्ताहरुलाई पार्टीमा भित्राउनुपर्ने बताए ।
‘माओवादी केन्द्र र नेकपा एस भन्ने पार्टीका नेताहरु कम्युनिष्टका नाममा कांग्रेसको पछि लागेर कम्युनिष्ट शक्तिलाई सिध्याउन लागेका छन्’, ओलीले भने, ‘तर कार्यकर्ताहरु असल छन्, उनीहरुलाई नेतृत्वको भ्रमबाट मुक्त गरेर एमालेमा ल्याई विना भेदभाव उचित जिम्मेवारी दिएर पार्टीलाई बलियो बनाउनुपर्छ ।’