Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

विपक्षीलाई मुख्यमन्त्री गिरीको जवाफ– प्रदेशसभाबाट अल्पमत प्रमाणित भए सरकार छाड्छौँ

spot_img
spot_img

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट अल्पमत प्रमाणित भए तत्काल सरकार छाड्ने बताएका छन् । सोमबार तुलसीपुरमा आयोजित एक कार्यक्रमपश्चात् उनले आफू अल्पमतमा परेको प्रमाणित नभएको तर्क गरे ।

मुख्यमन्त्री गिरीले अल्पमतमा परेको कुरा परीक्षण हुन बाँकी नै रहेको भन्दै प्रमाणित भएको दिन एक मिनेट पनि सरकारमा नबस्ने बताए । “अल्पमत भन्ने कुरा प्रमाणित भइसकेको छैन,” उनले भने “प्रमाणित भइसकेपछि हामी एक मिनेट पनि सत्तामा रहने छैनौँ ।

उनले आफू अल्पमतमा परेको प्रमाणित भइसकेपछि पनि नेपालको संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्छ भन्ने आफूहरूको दाबी रहने बताए ।

“प्रदेश प्रमुख अमिक शेरचन कसरी अगाडि बढ्नुहुन्छ, त्यो अलग कुरा हो,” उनले भने, “तर, हाम्रो माग त्यसपछिको नयाँ सरकार धारा ३ अनुरूप गठन हुनुपर्छ भन्ने रहन्छ ।” लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले) हो ।

लुम्बिनीमा अहिले राप्रपाबाहेक सबैले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । सोही कारण उनी अल्पमतमा परेको तर्क गरिँदै छ । त्योसँगै मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । विश्वासको मत पाउन नसके आउँदो वैशाख १० गतेसम्म उनी नेतृत्वको सरकार बर्खास्त हुनेछ ।

यही चैत १२ गते नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधानको १६८ (२) बमोजिम ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेस गरिसकेका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?