Sunday, September 8, 2024

ट्रेन्डिङ :

महिलाहरुले मात्रै ताने रातो मच्छिन्द्रनाथको रथ

काठमाडौं । वर्षा र सहकालका देवता भनेर पुजिने रातो मच्छिन्द्रनाथको रथ आज महिलाहरुले मात्र तानेका छन् । ललितपुरको लगनखेलबाट बिहान महिलाहरुले रथ तानेका हुन् । उनीहरुले लगनखेलबाट थटिटोलसम्म रथ पुर्याएका छन् । अब साइत हेराएर रथ तान्दै जावलाखेल पुर्याइने छ ।

एक किंवदन्ती अनुसार मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा बसेको हो ।

महिलाहरुले रथ तान्नुभन्दा अघिल्लो दिन रथको टुप्पोबाट नरिवल खसाइएको थियो । सो नरिवल पाए शुभ हुने जनविश्वासका साथ नरिवल टिप्न स्थानीयको तछाडमछाड हुन्छ । वैशाख शुक्ल प्रतिपदादेखि पुल्चोकबाट मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको थियो । असार शुक्ल चौथीमा जावलाखेलमा भोटो देखाएपछि रथयात्रा सम्पन्न हुन्छ । झण्डै दुई महिनासम्म चल्ने रातो मच्छिन्द्रनाथको रथ यात्रालाई नेपालकै सबैभन्दा लामो रथयात्राको रुपमा लिइन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?