काठमाडौं । नौगाड गाउँपालिकाको होपरी डाँडा, दल्लेख र सुण्डमुण्ड डाँडामा निर्माण भएको टेलिफोन टावरको निर्माणका लागि प्राविक सामग्री नौगाड गाउँपालिकामा पुगेको छ । फोरजी जडानका लागि नौगाड गाउँपालिकामा पुगेको सामग्री शुक्रबार होपरीगाड (गाउँपालिका केन्द्र) बाट सुन्डमुन्ड डाँडामा टावर निर्माण स्थाल पठाईएको नौगाड गाउँपालिका अध्यक्ष दलजीत धामीले जनाकारी दिएका छन् । सम्पूर्ण सामग्री पुगिसकेको र अब असार महिना भित्र फोरजी सेवा सुचारू हुने अध्यक्ष धामीले बताए ।