Sunday, September 8, 2024

ट्रेन्डिङ :

कर्मचारीले कमिसन बिना कामै गर्दैनन् : सांसद माला कर्ण

जनकपुरधाम । मधेश प्रदेशका सांसद माला कर्णले कर्मचारीले कमिसन बिना काम नगरिदिने गुनासो गरेकी छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रकी सांसद कर्णले कमिसनका कारण धेरै बजेटहरु कार्यान्वय नभएको गुनासो गरेकी हुन् । ‘कर्मचारी बिना पिसी काम गरिदिँदैनन् । भ्रष्टाचार छानबिन उच्च स्तरीय समितिमा म पनि छु । तर पिसी र कमिसनको कारण धेरै बजेटहरु रोकिएको छ’, उनले भनिन् ‘भ्रष्टाचार नियन्त्रणमाथि सरकारको ध्यान जाओस् ।’

उनले सत्ता पक्षको सांसद हुँदा समेत आफूलाई सरकारको अनुभूति नभएको समेत गुनासो गरिन् । ‘मन्त्रीलाई फोन गर्दा उठदैन । हामीलाई अनुभूति हुने गरी काम होस्, व्यवस्था होस् । हामीलाई काम दिइयोस् । हामी बेकामका छौं’, उनले भनिन् । संसदीय विकास कोषमा कर्मचारीको मनोमानी रहेको आरोप लगाउँदै उनले कर्मचारीले आफू अनुकुल नहुँदा भुक्तानी पनि नदिने गरेको बताइन् । यस्तै एमालेका प्रमुख सचेतक लखन दासले एक मन्त्रीलाई १८ पटकसम्म फोन गर्दा समेत फोन नउठाएको गुनासो गरे । ‘बल्ल १८ औं पटकपछि फोन उठाउनु भयो । अनि मैले आफ्नो नाम भनेपछि अब सेभ गर्छु भन्नुभयो । कति दुःखको कुरा हो, एमाले जस्तो ठूलो दलको सचेतकको फोन उठ्दैन’, उनले भने ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?