Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

प्रचण्ड सरकार ढाल्ने माधव नेपालको चेतावनी

spot_img
spot_img

सिन्धुली । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले संसद्‍मा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी दिएका छन् । शनिबार सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर गरे ।

थोरै सिट भनेर नहेप्न उनले सत्ता गठबन्धनलाई चेतावनी दिएका छन् । नेकपा एमालेतर्फ इंगित गर्दै अध्यक्ष नेपालले धेरै सिट हुनेहरुको सरकार प्रदेससभामा भकाभक ढलेको भन्दै कटाक्ष समेत गरेका थिए । बढी सिट भएर मात्र नहुने भन्दै उनले टिकाउन नसक्नेले धेरै फुइँ हाँक्न नहुनेु तर्क गरे । एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले ुमुर्ख राजाुको कथा सुनाएर कटाक्ष गरेका थिए ।

मैले जे गरे पनि हुन्छु भन्ने मुर्ख राजाु जस्तै ओली अहंकारी र घमण्डी भएकाले आफूहरुले विद्रोह गर्नुपरेको उनले बताएका थिए । नचाहिने काममा फजुल खर्च गर्ने, गर्नुपर्नेमा नगर्ने, आफूहरुले जे गरे पनि ठिक र त्यसको स्तुति गान गाउनु पर्ने भएकाले एमालेबाट विद्रोह गर्न आफूहरु बाध्य भएको अध्यक्ष नेपालको भनाइ थियो । पानीजहाज, भ्यू टावर नेपालको आवश्यकता नभएको तर्क गर्नै वर्तमान गठबन्धनको सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले आशा जगाएको बताएका थिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?