Sunday, September 8, 2024

ट्रेन्डिङ :

जब प्रहरीले भेट्टायो बालकृष्ण खाँणलाई जोगाउने गरी बनाइएको योजनासहितको पत्र

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउने गरी बनाइएको योजनासहितको कागज प्रहरीले उनका निजी सचिव नरेन्द्र केसीको साथबाट बरामद भएको खुलेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा दर्ता गराएको अभियोग पत्रमा हिरासतमै रहेका बेला केसीको साथबाट बालकृष्णलाई जोगाउने गरी बनाइएको योजनासहितको पत्र भेट्टाएको उल्लेख छ। ‘हिरासतबाटै नरेन्द्र केसीको साथबाट बरामद कागजमा केशव दुलालको बयान सच्याउनु पर्यो, नभए मन्त्रीज्यूसमेतको मुद्दा जान सक्छ। एक हप्ताको म्याद थप भएको अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनै पर्छ’, पत्रको ब्योहारबारे अभियोगपत्रमा भनिएको छ।

उता खाँणको घरबाट बरामद च्यातिएको पत्रमा सचिव टेकनारायण पाण्डेले नरेन्द्र केसीलाई सम्बोधन गरेको भेटिएको छ। ‘बालकृष्ण खाँणको घरबाट बरामद च्यातिएको कागजमा नरेन्द्रजी, ओली बा (केपी शर्मा ओली) र देउवा (शेरबहादुर देउवा) ले प्रधानमन्त्रीलाई भनेर जाहेरीमा मुख्य प्रतिवादीहरुलाई मात्र मुद्दा दायर गर्ने अब थप आरोपित व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रुप लिन्छ नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ भनी टेकनारायण पाण्डेले लेखि पठाएको कागज परीक्षण गर्दा निजकै रहेको परीक्षण प्रतिवेदनबाट पुष्टि हुन आएको देखिन्छ’, अभियोगपत्रमा अगाडि भनिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?