Sunday, September 8, 2024

ट्रेन्डिङ :

अतिरिक्त हुलाक खारेज गरिने, करिब ११ हजार कर्मचारीलाई अवकाश

काठमाडौं । सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको छ। अतिरिक्त हुलाक खारेज गरी त्यहाँ कार्यरत कर्मचारीलाई सुविधासहित अवकाश दिने बजेट वक्तव्यमा उल्लेख छ। हुलाक सेवा विभागका अनुसार अतिरिक्त हुलाकतर्फ हाल १० हजार ८५८ दरबन्दी कायम छ। त्यसमा तीन हजार ७४ हुलाक प्रतिनिधि, तीन हजार २४ पत्र वितरक र चार हजार ७६० डाँकबाहक छन्। सरकारले गत वर्ष गठन हुलाक सेवा सुधारका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठन गरेको हुलाक सुधार कार्यदलले पनि अतिरिक्त हुलाक खारेज गर्न सिफारिस गरेको थियो। हुलाक सेवालाई पुनर्स्थापना गरी एक स्थानीय तह एक हुलाकको अवधारणा कार्यान्वयन गर्ने घोषणा पनि बजेटले गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?