Sunday, September 8, 2024

ट्रेन्डिङ :

बागमतीमा मन्त्रालय फुटाइयो, मन्त्री चित्रकारले साढे २ महिनापछि पाए जिम्मेवारी

काठमाडौं । बागमतीमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार उद्योग तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । ७ जेठमा शपथ लिएका चित्रकार झण्डै साढे दुई महिना विना विभागीय थिए । तर आइतबार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी चित्रकारलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ ।

मन्त्रालय टुक्राएसँगै बागमतीमा १२ मन्त्रालय पुगेको छ । कांग्रेसका पुकार महर्जनले सम्हालिरहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मेवारी दिइएको हो ।चित्रकार कांग्रेसका संसदीय दलका उपनेता समेत हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?