काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन् । गठबन्धन सरकार हुँदा पनि प्रधानमन्त्रीको एकल निर्णयले अहिले समाजमा अराजकता बढेको आरोप लगाए । कपिलवस्तुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले कांग्रेस नेतृत्वको सरकार आवश्यक भइसकेको छ । सरकार या सच्चिनुपर्यो । या छाड्नुपर्यो अर्को विकल्प छैन ।
कांग्रेस नेतृत्वको सरकार आवश्यक परिसकेको छ । तर, हाम्रो साथीहरुलाई चाहिएको छैन गर्ने के ? हामी कसैको इशारामा हिँड्नु भएन । हाम्रो हाम्रो खुट्टामा उभिएर हिँड्ने आँट गर्नुपर्छ । सरकार सच्चिनुपर्छ । अहिले राजनीतिक अस्थिरता, आर्थिक, सामाजिक सबै हिसाबले देश अफ्ठ्यारो परिस्थितीमा रहेको बताए । उनले प्रत्यक्ष निर्वाचन प्रणलीबाटै कांग्रेसको एकल बहुमत आउने भएकाले संविधान संशोधन गर्न आवश्यक भएको बताए। उनले समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने सुझाए ।