Sunday, September 8, 2024

ट्रेन्डिङ :

डोटीमा मजदुर चढेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

बुधबार साँझ भीमदत्त राजमार्गअन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षका सालिन राना मास्केमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार ट्याक्टरमा २५ जना मजदुर सवार थिए ।

उनीहरू १९ जना घाइते भएका छन् भने अन्य ५ जना सकुशल छन् । घाइते भएकाहरूलाई थप उपचारका लागि धनगढी ल्याइएको छ । उनीहरू मध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् । १४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण  नखुलेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?