Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

पश्चिम नेपालमा शक्तिशाली भूकम्पमा परेर कम्तिमा ५० जनाको मृत्यु

spot_img
spot_img
spot_img

काठमाडौं । शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ५० जनाको मृत्यु भएको छ। भूकम्पले संरचना भत्किँदा सयौँ घाइते भएका छन्। भुइँचालोले जाजरकोट र रुकुम पश्चिममा धेरै मानवीय र भौतिक क्षति गरेको छ। अहिलेसम्म दुई जिल्लामा गरेर कम्तिमा ५० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि भूकम्पमा परेर मृत्यु भएको छ। सदरमुकाम खलंगास्थित घरमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए। ‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको शक्तिशाली भूकम्पको धक्का काठमाडौँसहित देशैभरजसो महसुश गरिएको थियो।

भूकम्पमा परेर रुकुमको आठविसकोट नगरपालिकामा मा मात्रै कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रुकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अहिलेसम्म जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?