Sunday, September 8, 2024

ट्रेन्डिङ :

दुर्गा प्रसाईं समूहले भोलि तीनकुनेमा प्रदर्शन गर्ने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले भोलि (शुक्रबार) बाट तीनकुनेमा प्रदर्शन गर्ने भएको छ। अभियानको पहिलो दिन आज बल्खुमा प्रदर्शन गरेको सो समूहले भोलिबाट तीनकुनेमा प्रदर्शन हुने बताएको हो। ‘निरन्तर प्रदर्शन जारी रहन्छ, अब हामी तीनकुनेमा भोलि ११ बजे जम्मा हुन्छौं,’ दुर्गा प्रसाँईले भने। तीनकुनमा आज भने एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको थियो। प्रशासनले युवा संघका लागि सो क्षेत्रमा प्रदर्शन गर्ने अनुमति दिएको थियो।

पहिलो दिन उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले ¥याली निकालेको थियो। उक्त र्‍याली बल्खुमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभा हुनुअघि प्रसाईंका समर्थकसँग युवा संघ र प्रहरीको घम्साघम्सी भएको थियो। स्थिति तनावपूर्ण भएपछि नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?