Sunday, September 8, 2024

ट्रेन्डिङ :

दीपेन्द्रसिंह ऐरी नहुँदा पुलिस क्लब पहिलो पटक समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी (अलराउन्डर) दीपेन्द्रसिंह ऐरी नहुँदा नेपाल पुलिस क्लब राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक समूह चरणबाटै बाहिरिएको छ । घरेलु क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएको पुलिस पोखरामा जारी केपी ओली कप टि २० प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको हो ।

सुदुरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएपछि मधेश प्रदेशसँग नेटरनरेटमा पछि पर्दै पुलिस बाहिरिएको हो । २०६७ साल देखी घरेलु क्रिकेट खेल्न थालेको पुलिसले राष्ट्रिय स्तरका प्रतियोगितामा कम्तिमा सेमिफाइनल खेल्दै आएको थियो । नेपालको प्रमुख घरेलु प्रतियोगिता प्रधानमन्त्री कपका पाँच संस्करणमा पुलिसले २०१९ मा उपाधि र २०१७ मा आर्मीसँग संयुक्त रुपमा बाँडेको थियो । २०१८, २०२२, २०२१ को संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । २०२२ मै प्रधानमन्त्री कप टि २० प्रतियोगितामा पुलिस फाइनलमा एपिएफसँग हारेको थियो ।

काठमाडौं मेयर्स कप २०२१ को फाइनलमा पुलिसले एपिएफलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०६८ देखी विभागीय टोलीले सहभागीता जनाउँदै आएका छन् । छैटौं, सातौं र आठौं खेलकुदको स्वर्ण एपिएफले जितेको थियो । पुलिस सेमिफाइनलमा पुगेर रोकिएको थियो । गतवर्ष दीपेन्द्रले पुलिसमा डेब्यू कप्तानी गर्दै नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जिताएका थिए ।

२०६७ देखी २०७९ सम्म पुलिसको कप्तानी मञ्जित श्रेष्ठले गरेका थिए । नवौं राष्ट्रिय खेलकुद देखी दीपेन्द्रले पुलिसको कप्तानी गरेका थिए । दीपेन्द्र एक महिना अघि टियु क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरविरुद्ध खेल्नु अघि बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । दीपेन्द्रले करिअर नै जोखिम बोकेर युएईविरुद्ध सेमिफाइनल खेलेका थिए । समूह चरण र फाइनल खेलेका थिएनन् । सेमिफाइनलमा युएईलाई हराए टि२० विश्वकप खेल्न पाउने हुँदा उक्त जोखिम लिएका थिए । नेपालले सहज जित हात पार्दा दीपेन्द्रले ब्याटिङ र बलिङ भने गर्नु परेको थिएन ।

त्यसैको कारण दीपेन्द्र नहुँदा उपकप्तान आरिफ शेखले केपी ओली कपमा टोलीको कप्तानी गरेका थिए । केपी ओली कपमा पुलिसको टोलीमा नेपाली टोलीबाट नियमित खेल्ने कुशल भुर्तेल, करण केसी, आरिफ शेख र ललित नारायण राजवंशी थिए । नेपालको लागि खेलि सकेका सुनिल धमला, सागर ढकाल, अर्जुन साउद, दीलिप नाथ र राशिद खान पनि केपी ओली कपमा पुलिसको टोलीमा थिए ।मधेश प्रदेशलाई कुशल भुर्तेलको शतकको सहयोगमा ५७ रनले हराएको थियो । तर सुदूर प्रदेशसँगको हार ठूलो भारी परेको हो । दीपेन्द्र बाहेक अन्य सबै पहिलो रोजाईका खेलाडीले केपी ओली कप खेलेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?