Sunday, September 8, 2024

ट्रेन्डिङ :

यही गतिमा जाने हो भने, देश त ध्वस्त हुने भयो : केपी ओली

रुकुम पश्चिम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले देशमा आर्थिक संकट गहिरिँदै गएको बताएका छन् । वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप समेत उनले लगाएका हुन् । झुलाघाट, बैतडीदेखि चिवाभञ्याङ पाँचथर यात्राका क्रममा आज रूकुम पूर्वको जिल्ला सदरमुकाम रूकुमकोटमा आयोजित सभामा बोल्दै उनले अहिले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको बताए ।

यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो, उनले भने । यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ । एमालेले स्थानीय माग र आवश्यकताहरूको पहिचान गरेर समाधनका उपायहरू खोज्न पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा तय गरेको पनि ओलीको भनाइ थियो । यात्राका क्रममा अध्यक्ष ओलीको टिम हिजो राति रूकुमकोटमै बास बसेर सर्वपक्षीय छलफल तथा कोणसभाको आयोजना गरिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?