Sunday, September 8, 2024

ट्रेन्डिङ :

एनसेल खरिद बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरु मिलेर भ्रष्टाचार गरे : कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एनसेल प्रकरणमा राजनीतिज्ञहरुको संलग्नता रहेको आरोप लगाएका छन् । उनले चितवन काठमाडौं प्रजातान्त्रिक संगमको १२ औं अधिवेशनलाई सम्बोधन गर्दै डा. कोइरालाले यस्तो दाबी गरेका हुन् । ‘भ्रष्टाचारको कुरा गर्दा जहाँ कुरा गर्नुस् जुनै भ्रष्टाचार नेताहरुसँगै जोडिएको छ’, उनले भने, ‘जतिसुकै जसले जे भनेपनि राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरु नमिली यस्तो भ्रष्टाचार हुनै सक्दैन । एनसेलको प्रकरण पनि त्यही हो । त्यस्तै, फरक प्रसंगमा उनले पार्टीमा व्यक्तिवाद हावी भएको बताउँदै चितवन कांग्रेसको हातबाट उम्केको टिप्पणी गरे । उनले गत स्थानीय तहको निर्वाचनकोृ अवस्थालाई इंगित गर्दै यस्तो बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?