काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला २६ को भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने एक कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको निर्णयअनुसार बलात्कारी ठहर भएका लामिछानेबाट पीडित युवतीको भन्दै सामाजिक सञ्जालमा तस्बिर हाल्ने कार्यकर्ता दिवश सापकोटालाई बिहीबार निलम्बन गरिएको हो।