Wednesday, January 15, 2025

ट्रेन्डिङ :

कमेडी च्याम्पियन सिजन ३ फागुनदेखि 

spot_img
spot_img
spot_img

कमेडी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सँस्करण घोषणा भएको छ । फागुन ३ देखि यो शो कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने सम्झौता भएको छ । 

थ्री प्रोडक्सनको प्रस्तुति रहने यो सँस्करणलाई अझै उत्कृष्ट बनाइने निर्देशक विशाल भण्डारी बताउँछन् । ‘सिजन एक र दुई सिजनलाई सबैले मन पराइदिनुभयो । हाम्रो काम खासमा स्क्रिनले नै बोलिरहेको हुन्छ । यो काम हाम्रो सानो टिमले गरेको हो,’ भण्डारीले भने, ‘यही टिमले तेस्रो सँस्करणलाई अझै उत्कृष्ट शो बनाउनेछ ।’

कान्तिपुर मिडिया ग्रुपका सिइओ शिशिर पछाई कोभिडपछिका समाजलाई यो सँस्करणले हँसाउँदै लैजानेमा विश्वस्त छन् । ‘कोभिडपछिका दर्शकलाई पुर्ण रुपले हँसाएर लैजानेछ भन्नेमा विश्वस्त छु,’ उनले भने ।

शोमा ३३ एपिसोड प्रस्तुत हुनेछ । शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने भोटिङ सहकार्य खल्तीसँग भएको छ । शोमा निर्णायककारुपमा प्रदीप भट्टराई, सन्तोष पन्त, रिचा शर्मा र मनोज गजुरेल छन् । ‘मेरो हाँसो स्क्रिप्टेड हुँदैन । म अरुजस्तो जबरजस्ती हाँस्दिन,’ पत्रकार सम्मेलनबीच सोधिएको प्रश्नमा निर्णायक पन्तले जवाफ दिए ।

Source : Kantipur

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?