Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

लक्ष्यअनुसार राजश्व नउठ्दा सरकार दबाबमा छ : अर्थमन्त्री डा. प्रकाशशरण महत

spot_img
spot_img
spot_img

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व नउठ्दा सरकार दबाबमा परेको बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका हुन् ।

राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको भन्दै उनले राजश्व संरचनामा परिवर्तनका कारण लक्ष्यअनुसार उठ्न नसकेको बताएका हुन् ।

उनले भने, ‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौं । राजश्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन । त्यो नहुनुको कारण एउटा त राजश्व संरचनामा परिवर्तन आइरहेको छ ।’

विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको पनि उनले बताए । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजश्व उठेको उनको भनाइ छ ।

उनले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए । अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको मन्त्री महतले बताए ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?