Sunday, September 8, 2024

ट्रेन्डिङ :

एपीएफका प्रिन्स दाहाललाई प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी

सशस्त्र प्रहरीको विभागिय टोली एपिएफका प्रिन्स दाहालले ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधी हात पारेका छन् । नेपालगन्ज रंगशालास्थित कर्वड हलमा सम्पन्न भएको फाईनल खेलमा पुरुष एकलतर्फ नेपाल आर्मीका कविर केसीलाई २१–७, २१–१४ को सोझो सेटमा पराजित गर्दै दाहालले उपाधि हात पार्नुभयो । नेपाल प्रहरीका जीवन आचार्य र एपिएफका अमन महर्जन तेस्रो हुनुभएको छ ।

सोही प्रतियोगितामा महिला एकलतर्फ नेपाल आर्मीकी रसिला महर्जनले एपिएफकी शोभा गौचनलाई २१–१०, २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधित हात पाार्नुभयो । एपिएफकी गौचनले उपविजेतामा चित्त बुझाउनु पर्याे । प्रतियोगितामा नेपाल प्रहरीका निता लम्साल र कैलालीकी एलिना सुनार तेस्रो भएका छन् ।

प्रतियोगितामा पुरुष युगलतर्फ एपिएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी पहिलो भएको छ । उक्त जोडीले एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीलाई २१–१४, २१–११ को सोझो सेटमा पराजित गर्यो । एपिएफका अमन महर्जन र रोशन साउदको जोडी तथा नेपाल प्रहरीका जीवन आचार्य र विष्णु कटवालको जोडी तेस्रो भयो ।

प्रतियोगितामा पुरुष युगल (भेट्रान्स ४५ प्लस) तर्फ  बाँकेका जयन्त श्रेष्ठ र अनिल लाखेको जोडी पहिलो भएको छ । श्रेष्ठ र लाखेको जोडीले नेपालगन्जका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई २२–२०, २१–१६ सोझो सेटमा पराजित गरेको थियो । बुटवलका बीरेन्द्र बिष्ट र रितेश थापाको जोडी दोस्रो तथा बाँकेका अरुण गौतम र अभयलाल श्रेष्ठको जोडी तेस्रो भएको छ ।

यस्तै, पुरुष युगल(बी लेभल) तर्फ सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी पहिलो भएको छ । नेपाल प्रहरीका चक्रबहादुर डम्बरपाल र अविक श्रेष्ठको जोडी तथा गुलरियाका सरद खड्का र अनुपम न्यौपानेको जोडी तेस्रो भए ।

प्रतियोगितामा पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार नगद प्राप्त गरेका छन् । यस्तै, महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गरेका छन्, भने पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गरेका छन् ।  

यस्तै, पुरुष युगल (भेट्रान्स ४५ प्लस) का विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १०/१० हजार रुपियाँ पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार नगद प्राप्त गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?