Sunday, September 8, 2024

ट्रेन्डिङ :

महोत्सवमा नक्कली टिकट बिक्री गरेका मेयरका दुई स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी

धनगढी । कैलालीको अत्तरियामा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको भन्दै दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । अत्तरिया उद्योग वाणिज्य संघले गत २६ पुसदेखि ७ माघसम्म आयोजना गरेको प्रादेशिक महोत्सवमा दर्शकलाई नक्कली प्रवेश टिकट बिक्री गरेको भन्दै मंगलबार कैलाली प्रहरीमा किटानी जाहेरी परेको थियो ।

टिकट व्यवस्थापनको जिम्मा पाएका उद्योग वाणिज्य संघका सचिव तथा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका स्वकीय सचिव दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराविरुद्ध उद्योग वाणिज्य संघका पदाधिकारीले जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले दुवै जनाविरुद्ध मुद्दा दर्ता गरेर मंगलबार जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिए ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरासहितका १२ जना पदाधिकारीले नक्कली टिकट बिक्रीमा साउँद र महराको संलग्नता रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सुदूरपश्चिम प्रादेशिक महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकटका ठेली बरामद गरिएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?