Wednesday, January 15, 2025

ट्रेन्डिङ :

किशोरीको फेक फेसबुक आईडी बनाई चरित्र हत्या गर्ने ३७ वर्षीय युवक पक्राउ

spot_img
spot_img
spot_img

काठमाडौं । किशोरीको फेक आइडी बनाएर चरित्र हत्या गरेको आरोपमा प्रहरीले काठमडौँबाट ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। किशोरीको नाम र तस्बिर राखी नक्कली फेसबुक अकाउन्ट बनाई चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको हो।

फेक आइडी बनाई म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई अश्लिल म्यासेज पठाई मानसिक तनाव दिई चरित्र हत्या गरेको जाहेरीका आधारमा अनुसन्धानका क्रममा ब्युरोले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० मानाटोल स्थायी घर भएका ३७ वर्षीय राजकुमार महर्जनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुरमा काठमाडौँ महानगरपालिका–२७ भोटाहिटी चोकबाट यही माघ १८ गते पक्राउ गरिएको ब्युरोले जनाएको छ। उनलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिन म्याद थप गरी प्रहरीले गप कारबाही प्रक्रिया अघि बढाएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?