Sunday, September 8, 2024

ट्रेन्डिङ :

के मधुमेहका बिरामीले मह खान सक्छन् ?

केही व्यक्ति महलाई कफी, चियामा पनि प्रयोग गर्दछन् । त्यस्तै एउटा प्रश्न उठ्छ के मधुमेह भएका व्यक्तिले महको सेवन गर्नु सुरक्षित हुन्छ ? आउनुहोस् यसबारेमा जानौं ।

  • जो व्यक्तिलाई टाइप २ मधुमेह भइरहेको छ त्यस्ता व्यक्तिले काब्र्स र चिनीको सेवन सोंचेर सम्झेर मात्र गर्नुपर्दछ । यस्ता व्यक्तिले कुनै पनि प्रकारको गुलियो चिज धेरै खानबाट बच्नुपर्दछ ।
  • महमा एन्टीअक्सीडेन्टका साथसाथ भिटामिन सी, आइरन, म्याग्नेसीयम, फोलेट र पोटाशियम जस्ता कयौं भिटामिन तथा मिनरल्स भरपूर मात्रामा पाइन्छन् जो स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।
  • यसमा पाइने एन्टीइन्फ्लामेटरी र एन्टीअक्सीडेन्ट गुणले मधुमेहसँग जोडिएका समस्या कम गर्न सक्छन् । ध्यान रहनुपर्ने कुरा के छ भने यो सीमित मात्रा सेवन गर्दा नै फाइदाजनक हुन्छ ।
  • मह एउटा प्राकृतिक मिठो चीज हो तर, पनि महमा क्यालोरी, सुगर र कार्बोहाइड्रेटको मात्रा पाइन्छ । तर, महलाई चिनी वा अन्य प्रसोधित गुलियो चीजसँग तुलना गर्ने हो भने यसले रगतमा सुगरको मात्रालाई एकदमै कम प्रभावित गर्दछ ।
  • महमा चिनीमा भन्दा पनि धेरै गुलियो हुन्छ यस्तोमा यसको सेवन एकदमै कमै मात्रामा गर्नु सुरक्षित हुन्छ । मधुमेहका रोगीका लागि मह दैनिक तथा धेरै खानु फाइदाजनक हुँदैन ।
  • तपाईंको सुगर लेवल एकदमै धेरै बढिरहेको छ भने त यसको सेवन नगर्नु नै उपयुक्त हुन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?