Sunday, September 8, 2024

ट्रेन्डिङ :

जनमत संग्रह वा संविधान संशोधन जेबाट भएपनि मलाई ५ वर्ष सरकारको नेतृत्व दिनुहोस् : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूले अवसर पाए धेरै परिवर्तन गर्नसक्ने भन्दै ५ वर्ष सरकारको नेतृत्व गर्न मन भएको बताएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि आफूलाई ५ वर्ष सरकारको नेतृत्व दिन दलहरूसँग आग्रह गरेका छन्। देशमा स्थिरता, किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चितताका लागि आफू सरकारमा हुनुपर्ने विप्लवले बताए।

उनले भने, ‘एकपटक सरकारको नेतृत्वमा पुगेर गोरु झैं जोतिएर ५ वर्ष काम गरी देशलाई परिवर्तन गर्ने मन छ।’ विप्लवले २० औं शताब्दीको वैज्ञानिक समाजवाद पूर्ण रुपले सफल हुन नसकेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन रहेको बताए। सबैजसो दलहरूले कुनै न कुनै समाजवाद भनिरहे पनि देशलाई निकास दिने नेपाली विशेषताको समाजवाद नै भएको उनको दाबी छ। दलाल पुँजीवादी र साम्राज्यवाद देशको मुख्य दुस्मन भएको भन्दै उनले नेपालको प्राकृतिक स्रोत, राष्ट्रिय पुँजी र सम्पदामाथि हमला भइरहेको बताए। पुँजीवादकै कारण अदालत, अख्तियार र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको उनको तर्क छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?