Sunday, September 8, 2024

ट्रेन्डिङ :

प्रभु बैंकका अप्रेसन इन्चार्ज शाह एक करोड ३५ लाख ठगेर फरार

रुकुम पश्चिम : रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह एक करोड ३५ लाख ठगेर फरार भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिकाको राडी बजारस्थित प्रभु बैंकका अप्रेसन इन्चार्ज शाह ६ दिनदेखि फरार भएका हुन् ।

बैंकमा बचत गर्न पैसा दिएको र बचत गरेको नक्कली भौचर दिएर आफूहरुलाई झुक्याइएको बचतकर्ताहरूको आरोप छ । बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएपछि बचतकर्ताहरू हरेक दिन शाखा कार्यालयमा पुग्न थालेका छन् ।

उनले बचतकर्ताहरूलाई थाहा नै नदिएर अर्को खातामा पैसा ट्रान्सफर गर्ने गरेको आरोप छ । स्रोतका अनुसार शंकास्पद देखिएपछि बैंकको कर्णाली प्रदेशबाट आएको टोलीले आन्तरिक अनुसन्धान थालेको बताइएको छ ।

रकम हिनामिना भए–नभएको अनुसन्धान सकिएपछि मात्र थाहा हुने बैंक स्रोतले बतायो । थप अनुसन्धानका लागि केन्द्रको टोलीसमेत आउन लागेको बताइएको छ । प्रारम्भिक जानकारीअनुसार एक करोड ३५ लाख ठगीको आशंका गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?