Sunday, September 8, 2024

ट्रेन्डिङ :

स्टेजमा गाइरहेका दुर्गेश थापालाई जुत्ता प्रहार

पोखरा । स्याङ्जामा चलिरहेको महोत्सवमा गायक तथा मोडल दुर्गेश थापामाथि प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन् । स्याङ्जामा आयोजित वालिङ महोत्सवमा शनिबार राति एक युवकले थापालाई जुत्ता प्रहार गरेका हुन् । महोत्सवमा प्रस्तुति दिइरहेको बेला २७ वर्षीय एक युवकले गायक थापालाई जुत्ता प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पवलसिंह लामाले जानकारी दिए । ‘महोत्सवमा गुर्देश थापाको प्रस्तुति चलिरहेको बेलामा एक युवकले जुत्ता प्रहार गरेका हुन् । युवकले रमाइलो गर्ने क्रममा जुत्ता फुस्किएर मन्चतिर गएको बयान दिए । आज बिहान उहाँहरुबीच मिलापत्र भइसकेको छ’, उनले भने ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?