Sunday, September 8, 2024

ट्रेन्डिङ :

वाग्मतीसहित पाँचवटा प्रदेशमा बुधबारबाट वर्षा सुरु हुने

काठमाडौं । पश्चिमी वायु बुधबारबाट केही सक्रिय हुने भएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना रहनेछ । बुधबार वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ । बुधबार देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुनेछ,” मौसमविद्, राजु प्रधानाङले बताए ।

यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?