Sunday, September 8, 2024

ट्रेन्डिङ :

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कार्यक्रममा बोलाउन खोजेका दुर्गा प्रसाईंले टुँडीखेलमा ठाउँ पाएनन्

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले फागुन १ गते पहिलो वार्षिकोत्सव काठमाडौंमा मनाउने तयारी गरिरहेको छ। शक्ति प्रदर्शनका लागि देशभरिबाट समर्थक उतार्ने अभियानले जनाएको छ। कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत उपस्थित गराउने प्रयासमा प्रसाईं लागेका छन्। यसका लागि अभियानको उपत्यका समितिले नागरिक अभिनन्दनसमेत गर्ने भनेको छ।

तर कार्यक्रम कहाँ गर्ने भन्नेचाहिँ अझै टुंगो लागेको छैन। प्रसाईंले काठमाडौंको टुँडीखेल मागेका थिए। अभियानको केन्द्रीय कार्यालयले पुस २१ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई अनुरोध पत्र पठाएको थियो। तर, अहिलेसम्म प्रशासनले कुनै पनि स्थानमा कार्यक्रमका लागि अनुमति नपाएको अभियानका अध्यक्षमण्डलका सदस्य हरि कार्कीले बताए। गत मंसिर ७ मा प्रसाईंले बल्खु चोकमा कार्यक्रम गरेका थिए। भोलिपल्टबाट उनको प्रदर्शन तीनकुने हुँदै गौशाला पुगेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?