Sunday, September 8, 2024

ट्रेन्डिङ :

प्रहरीको डीएसपी हुँ भन्दै गाडी चालकलाई अश्लील गाली गर्ने प्रविण श्रेष्ठ पक्राउ

काठमाडौं । सार्वजनिक स्थानमा निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने काठमाडौं चुनदेवीका प्रविण श्रेष्ठ पक्राउ परेका छन् । एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौंको सार्वजनिकस्थानमा अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियोमा देखिए र सुनिए अनुसार उनले प्रहरीको डीएसपी हुँ भन्दै अपशब्द प्रयोग गरेका थिए । गाडीमै सवार एक जना महिलाले दाइ/दाइ भनेर सम्बोधन गर्दा र चालकले तपाईँ भनेर सम्बोधन गर्दा पनि प्रविण श्रेष्ठले उनीहरुलाई अपशब्द प्रयोग गरेका थिए । उनलाई नैतिकताविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ । उनी नेपाल प्रहरीको बाहलवाला तथा अवकास प्राप्त कर्मचारी नभएको समेत प्रहरीले स्पष्ट पारेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?