काठमाडौं । काठमाडौँको सीतापाइलामा एकै परिवारका ३ महिला मृत भेटिएका छन्। प्रहरीका अनुसार आमा र दुई छोरी एकसाथ मृत भेटिएका हुन्। प्रहरीका अनुसार ३९ वर्षीया आमा तथा ८ र २ वर्षका छोरीका शव भेटिएका हुन्। प्रहरी टोली घटनास्थल पुगेको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।