Saturday, September 7, 2024

ट्रेन्डिङ :

अस्पतालमा उपचाररत बिरामी नै एम्बुलेन्स चोरेर फरार

अस्पतालमा उपचारका लागि भर्ना भएका एक बिरामीले एम्बुलेन्स चोरी गरी फरार भएको घटना प्रकाशमा आएको छ ।

उक्त घटना अमेरिकाको भर्जिनियास्थित एक अस्पतालमा सोमबार भएको हो । इनोभा फेयरफ्याक्स अस्पतालमा उपचाररत बिरामीले सोही अस्पतालमा रहेको एउटा एम्बुलेन्स चोरेर भागेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

स्थानीय प्रहरीले एम्बुलेन्स चोरी गरेर भागेका बिरामीको तस्बिर सार्वजनिक गरेको छ, जुन तस्बिर उनी भाग्दै गरेको अवस्थामा लिइएको हो । एम्बुलेन्स चोरेर फरार भएका बिरामीको पहिचान ३२ वर्षीय रिकी लोवेका रुपमा गरिएको छ ।

प्रहरीका अनुसार उनी दुर्घटनामा परेर उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । आफैँले चलाएको गाडी दुर्घटनामा परेपछि उनी उपचाररत थिए । प्रहरीका अनुसार उनको गाडीबाट दुई वटा बन्दुक र केही लागु औषध बरामद भएको थियो ।

आफू कारबाहीमा पर्ने भएपछि उनी अस्पतालबाट भागेको हुन सक्ने आकलन गरिएको छ । प्रहरीका अनुसार उनले चोरेको एम्बुलेन्स भने फेला परेको छ । उनको खोजतलास जारी रहेको प्रहरीको भनाइ छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?