Sunday, September 8, 2024

ट्रेन्डिङ :

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोेबार?

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

छापावाल सुन आइतबार प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदीको मूल्य एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?