राष्ट्रपति रामचन्द्र पौडेलका भतिजलाई समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्त गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सचिवलाई दबाब दिएका छन् ।
राष्ट्रपतिका भतिज चितवन रत्ननगरका अनिलराज पौडेललाई उपाध्यक्ष नियुक्त गर्न मन्त्री आचार्यले मन्त्रालयका सचिव सुमनराज अर्याललाई तोक आदेश दिएका हुन् ।
२६ माघमा मन्त्री आचार्य समक्ष परिषदमा राष्ट्रपति पौडेलका भतिज अनिलले ‘नियुक्ति दिलाई पाउँ’ भन्दै निवेदन दिएका थिए । पौडेलले पत्र लेखेको तीन दिनपछि २९ माघमा मन्त्री आचार्यले ‘श्री सचिवज्यू प्रक्रिया अघि बढाउन’ भनी तोक आदेश दिएका छन् ।
मन्त्री आचार्य राष्ट्रपति पौडेलका भाञ्जा हुन् ।