Friday, October 18, 2024

ट्रेन्डिङ :

मुख्यमन्त्री कार्कीले आफ्नी सालीलाई गुपचुप रुपमा कम्प्युटर अपरेटरको नियुक्ति दिएपछि…

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको पर्यटन विकास आयोजनामा आफ्नी साली शोभा बस्नेतलाई कम्प्युटर अपरेटरमा नियुक्ति गरेको खुलेपछि उनको चौतर्फी आलोचना भईरहेको छ । असोज २७ मा मुख्यमन्त्री भएका कार्कीले गत पुसमा आफ्नो सालीलाई गुपचुप रुपमा अपरेटरमा नियुक्त गरेको खुलेको छ । कोशीको पर्यटन विकास आयोजना पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्छ ।

सो मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता गणेश उप्रेतीले सम्हालिरहेका छन् । मन्त्री उप्रेतीले कर्मचारी नियुक्तिको तयारी गरिरहेका बेला मुख्यमन्त्री कार्कीले आयोजना प्रमुख कुलदीप यादवलाई नियुक्तिका लागि बस्नेतको नाम पठाएका थिए । स्रोतका अनुसार मुख्यमन्त्रीको निर्देशनपछि यादवले बस्नेतलाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका थिए । यादवले भने कम्प्ययुटर अपरेटरमा नियुक्त बस्नेत र मुख्यमन्त्रीको सम्बन्धबारे आफूलाई थाहा नभएको बताए । आयोजनाले सबै कर्मचारी करारमा नियुक्त गरेको र त्यसका लागि विज्ञापन भने नगरिएको उनले खुलाए ।

आयोजनाका १४ जना इन्जिनियर र सवइन्जिनियरको नियुक्ति पनि प्रतिस्पर्धा बिना नै भएको आयोजना प्रमुख यादवले बताए । १३ मंसिरमा पारित भएको कोशी प्रदेशको बजेटले पाचौं तहको कम्प्युटर अपरेटरको दरबन्दी सिर्जना गरेको थियो । सोही दरबन्दीमा मुख्यमन्त्री कार्कीले आफ्नी सालीलाई नियुक्त गर्न लगाएका हुन् ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?