Sunday, September 8, 2024

ट्रेन्डिङ :

यी हुन् सुवास नेम्वाङका छोरा सुहाङ र रास्वपाका मिलन लिम्बुसँग भीड्न टिकट पाउने माओवादी नेता

इलाम । सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं. २ मा धीरेन्द्र शर्मा तिम्सिना उम्मेदवार सिफारिश भएका छन् । माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो । उम्मेदवारका रूपमा एकल सिफारिश भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताए । २०७४ सालको चुनावमा उनी क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन् । इलाम–२ मा नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु उम्मेदवार छन् । इलाम–२ मा १५ वैशाखमा उपचुनाव हुँदैछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?