Thursday, September 19, 2024

ट्रेन्डिङ :

संसदको अवरोध खुलाउन बालुवाटारमा छलफल

संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ । छलफलमा प्रधानमन्त्री 

पुष्पकमल दाहाल प्रचण्ड, सस्भामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका छन् ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगिमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि छलफल हुन लागेको बताइएको छ ।

अर्को तर्फ कांग्रेसको अडानका बीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसदमा आज विधेयक पेश गर्ने तयारी गरेपछि संसदमा आज झडप हुने समेत अनुमान गरिएको छ ।

यस अघि सोमबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सत्तापक्ष र विपक्षका आआफ्नै अडान दोहोराएपछि बैठक बिना निष्कर्षमा सकिएको थियो । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?