Friday, September 20, 2024

ट्रेन्डिङ :

उच्च अदालतको आदेशलाई चुनौती दिदै केजरीवाल सर्वोच्चमा

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारी बारे दिल्ली उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् ।

प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई गत मार्च २१ मा पक्राउ गरेको थियो र उनी हाल न्यायिक हिरासतमा छन् ।

मंगलबार दिल्ली उच्च अदालतले अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध दायर गरेको याचिका खारेज गरेको थियो । अब केजरीवलले सो आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका हुन् ।

यस मामिलामा तत्कालिन उपमुख्यमन्त्री मनिष सिसोदिया, सञ्जय सिंहलाई समेत पक्राउ गरिएको थियो । तर, गत हप्ता सर्वोच्च अदालतले राज्यसभा सांसद सञ्जय सिंहलाई जमानतमा रिहा गर्ने आदेश दिएको थियो ।
 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?