Friday, September 20, 2024

ट्रेन्डिङ :

इजरायलले गल्ति गर्यो, सजाय पाउछ- इरानी सर्वोच्च नेता खामेनी

काठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सिरियाको राजधानीमा रहेको इरानको वाणिज्य दूतावासमा भएको आत्मघाती हमलाको लागि इजरायललाई कारबाही गर्नुपर्ने र त्यसको सजाय भोग्नुपर्ने बताएका छन् ।

इदको अवसरमा इरानको राजधानी तेहरानमा आयोजित एक सभालाई सम्बोधन गर्दै अली खामेनीले यस्तो बताएका हुन् । इरानको सरकारी टिभीका अनुसार खामेनीले अप्रिल १ मा वाणिज्य दूतावासमा हमला गरेर इजरायलले गल्ती गरेको बताएका छन् ।

खामेनीले भने, ‘सिरियाको वाणिज्य दूतावासमा हमला गर्नु ठूलो गल्ती हो। कुनै पनि देशमा रहेको दूतावासलाई त्यो देशको हिस्सा मानिन्छ। हाम्रो भूमिमा आक्रमण भएको छ ।’

इजरायलको आक्रमणमा इरानको रिभोलुसनरी गार्डका दुई शीर्ष कमाण्डर र पाँच अधिकारीको मृत्यु भएको थियो । इरानका शीर्ष कमाण्डर र उनका सहायक एक मिसनमा सिरिया गएका थिए, त्यही क्रममा हमला भएको थियो ।

इजरायलले अक्टोबर ७ देखि हमास विरुद्ध युद्ध गरिरहेको छ । इजरायलले गरेको यो युद्धमा ३३ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् ।

युद्ध चलिरहेको बेलादेखि, लेबनानको सीमा नजिकै उत्तरी इजरायलमा इजरायल र इरान समर्थित समूह हिजबुल्लाहबीच लगभग दैनिक गोलीबारी भइरहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?