काठमाडौं । एसीसी प्रिमियर कपमा कतारलाई नेपालले ३२ रनले हराएको छ । नेपालको जीतमा दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ र बलिङ गरे । कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७८ रन बनाउन सक्यो । कतारका कप्तान तनविरले उत्कृष्ट अर्धशतक बनाए पनि जीतका लागि पर्याप्त भएन । नेपालले ऐरी र आसिफ शेखको अर्धसतकको मद्दतमा २१० बनायो । नेपालका लागि दीपेन्द्र, गुल्सन र ललित राजबन्शीले समान २/२ विकेट लिए । भने अबिनाश बोहरा र कुशल मल्लले १/१ विकेट लिए । आजको खेलमा दीपेन्द्रले एक ओभरमा छ छक्का हानेका थिए ।