Sunday, September 8, 2024

ट्रेन्डिङ :

तीन दिनको चीन भ्रमणमा जादै अमेरिकी विदेशमन्त्री ब्लिन्कन

काठमाडौँ । अमेरिकाकी विदेशमन्त्री एन्टनी ब्लिन्कन तीन दिने चीन भ्रमणमा जाने भएका छन् । ब्लिन्कनले अप्रिल २४ देखि २६ अप्रिलसम्म चीनको भ्रमण गर्ने भएका हुन् ।

भ्रमणका क्रममा ब्लिन्कनले बेइजिङ र सांघाईमा चिनियाँ अधिकारीहरूसँग भेट गर्नेछन्।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ब्लिन्कनले चिनियाँ अधिकारीहरूसँग दुई देशबीचको सम्बन्धका बारेमा छलफल गर्नेछन् ।

यसबाहेक मध्यपूर्वमा जारी तनाव, रुस र युक्रेनबीच जारी युद्ध र दक्षिण चीन सागरका विषयमा पनि ब्लिन्केन र चिनियाँ अधिकारीबीच वार्ता हुनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?