Tuesday, December 24, 2024
spot_img

ट्रेन्डिङ :

नेसनल पेमेन्ट गेटवे प्रकरणमा २३ करोडको भ्रष्टाचार गरेका पौडेलविरुद्द दोस्रो मुद्दा पनि दायर

spot_img
spot_img
spot_img

काठमाडौं । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ। पौडेलसँग २३ करोड रूपैयाँबराबर सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति रहेको अख्तियारको निष्कर्ष छ। उनले यो रकम भ्रष्टाचार गरी कमाएको अभियोग लगाउँदै अख्तियारले मुद्दा चलाउने निर्णय गरेको हो।

नेसनल पेमेन्ट गेटवेसम्बन्धी उपकरण खरिद प्रकरणमा २३ करोडको भ्रष्टाचार मुद्दामा शुक्रबार मात्र दोषी ठहर भएका पौडेलविरुद्ध आइतबार अख्तियारले पुन अर्को मुद्दा विशेष अदालतमा पुर्‍याएको छ। अख्तियारले पौडेलसहित ९ जनाविरुद्ध २०८० असोज १५ गते पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तीमध्ये विशेष अदालतले पौडेललाई मात्र दोषी ठहर गरेको हो। सुनील हाल अख्तियारकै हिरासतमा छन्।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?