Tuesday, November 26, 2024
spot_img

ट्रेन्डिङ :

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

spot_img
spot_img

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । चीनको भ्रमणमा रहेका ब्लिन्कनले शुक्रबार राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । 

भेटपछि ब्लिन्कनले जिनपिङसँग चीनको समर्थन बिना रुसले यस युद्धमा कठिनाइहरूको सामना गर्ने बताएको उल्लेख गरेका छन् ।

सो भेटमा जिनपिङले चीन र अमेरिकाले प्रतिस्पर्धीका रूपमा नभई सहयोगीका रूपमा काम गर्नुपर्ने बताएका थिए । उनले प्रतिस्पर्धाको दुष्चक्रमा फस्नबाट जोगिनु पर्नेमा जोड दिएका थिए ।

तर, यस भ्रमणको सुरुमा चिनियाँ विदेशमन्त्री वाङ यीले ब्लिन्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने बताएका थिए ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केन अप्रिल २४ देखि चीनको तीन दिने भ्रमणमा छन् । 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?